निर्माणाधीन पुलबाट त्रिशूलीमा खस्यो मजदुर, एक जनाको मृत्यु, एक जना बेपत्ता

चितवन । निर्माणाधीन पुलबाट त्रिशूलीमा खस्दा १ जना मजदुरको मृत्यू भएको छ भने १ जना वेपत्ता भएका छन् ।

आज विहान तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन पुलबाट खस्दा एक जना मजदुरको मृत्यु हुनुको साथै १जनाम वेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार मृत्यू हुनेमा भारतीय नागरिक विजय यादव रहेको छ । बेपत्ता व्यक्तिको खोजी भइरहेको उनले बताए । घटनास्थलबाट आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको चितवन प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले जानकारी दिए । त्यहाँ १४ जना मजदुर कार्यरत थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.