कारबाहीको शृङ्खलाले नेकपामा गम्भीर संकट पैदा भयो: गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् ।

संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताउँदै नेता विष्टले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टले सामाजिक सञ्जालमा ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, लेखेका छन् ।

एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्नेमा एकतर्फी र विना कारण कारवही गरिएको उनले उल्लेख गरेका छन् ।

Facebook Comments