सप्तरीमा सवारी दुर्घटना, १ जनाको मृत्यू

सप्तरी । ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो बेलुका पौने ८ बजे सप्तरीको शम्भूनाथ नगरपालिका-८ मिलन चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा सिरहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका-३ का ४० वर्षीय उपेन्द्र राई दनुवार रहेको छ ।

को १ ख ७०५२ नम्बरको ट्याङ्करले बा ९२ प ४७०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

Facebook Comments