सप्तरी । ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
आज बिहान साढे ९ बजे झापाको मेचीनगर नगरपालिका-७ मा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यू हुनेमा मेचीनगर नगरपालिका-८ जोरसिमलका ३० वर्षीय मनोज मेचे रहेको छ ।
पूर्व पश्चिम राजमार्गमा भारतिय नम्बर प्लेटको ट्रकले साइकललाई ठक्कर दिंदा उनको मृत्यू भएको अस्थाई प्रहरी पोष्ट ईट्टाभट्टाले जनाएको छ । ट्रक चालक फरार भएकोले खोजी भइरहेको जनाएको छ ।




Facebook Comments