कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ । देशमा आज थप ८३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८४ हजार ७४२ जना पुगेको छ । आज देशभर २२६ जना संक्रमण मुक्त भएका छन् ।

हाल ६ हजार २९० जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments