नवलपरासीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २८ जना घाइते

सप्तरी । बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

हिजो बेलुका पौने ६ बजे नवलपरासी बर्दघाट सुस्ता पुर्वको बिनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुको साथै २८ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार बसमा सवार इलामकी २५ वर्षीया धनु दर्लामी, चितवनको भरतपुर महानगरपालिका २५ का ७२ वर्षीय हिमलाल न्यौपाने र मकवानपुरको बकैया गाउँपालिका ५ की ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो रहेको छ भने २८ जना घाइतेहरुको नवलपरासी र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बुटवलबाट चितवनतर्फ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भएर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी दाउन्नेले जनाएको छ ।

 

Facebook Comments