अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षण सफल

काठमाडौँ । विश्वभर फैलिएकाे कोरोनाभाइरस महामारी रोक्नको लागि अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षण सफल भएकाे छ। त्यहाँको पहिलो कोरोना भ्याक्सिन र मानव परीक्षणको सकारात्मक नतिजा अाएपछि अमेरिकावासी खुसीले गदगद् भएका छन्।

यो भ्याक्सिन बनाउने बोस्टनस्थित बायोटेक कम्पनी मोर्डनाले सोमबार साँझ यो कुराको जानकारी दिँदै सहभागीमा उनीहरुको एमआरएनए भ्याक्सिनको परीक्षण भएको र उनीहरुको शरीरमा साइड इफेक्ट नदेखिएको र आशालाग्दो प्रतिरोधात्मक क्षमता बढेको बतायो ।

कम्पनी मोर्डनाका अनुसार एमआरएनए—१२७३ नामको यो भ्याक्सिन जसलाई दिइएको थियो, उसको शरीरमा केवल मामूली दुष्प्रभाव देखियो र भ्याक्सिनको प्रभाव सुरक्षित र सहनीय पाइयो ।

मोर्डनाले भ्याक्सिन लिने व्यक्तिको प्रतिरोधात्मक क्षमता भाइरससँग लड्नमा कोभिड-१९ बाट निको भइसकोका विरामी बराबर या उभन्दा बढी बलियो पाइयो । मोर्डनाका सिइयो स्टीफन बैंसलभ योभन्दा राम्रो तथ्याँक आशा गर्न सक्दैनौँ भने ।

मोर्डनाका मुख्य चिक्त्सिा अधिकारी टाल जकसले भने— नतिजाबाट यो कुरा पत्ता लागेको छ कि भ्याक्सिनको थोरै मात्र दिँदा पनि संक्रमणसँग लड्नको लागि प्रतिरोधात्मक क्षमताले राम्रो प्रतिक्रिया दिएको छ । यो नतिजा र मुसामा गरिएको अध्ययनबाट प्राप्त तथ्यांकलाई आधार मानेर अब पछिको परीक्षण कम डोज दिएर गर्ने योजना छ । उनले भने— परीक्षणको शुरुवाती चरणमा यस्तो साइडइफेक्ट थिए जुन अन्य भ्याक्सिनले गर्दछ । जस्तोः चिसोपना अनुभव गर्ने । यो आंकडाले हाम्रो विश्वासलाई पुष्टि गरेको छ कि एमआरएनए—१२७३ मा कोभिड-१९ लाई रोक्ने क्षमता छ ।

मोर्डना पहिलो अमेरिकी कम्पनी हो जसले कोरोना भ्याक्सिनमा काम गरेको थियो । यो परीक्षण उसले ४२ दिनमा सम्पन्न गरेको छ । सबैभन्दा पहिले मानव परीक्षण उसले जनवरीमा गरेको थियो । १६ मार्चमा सिएटलमा काइजर परमानेंट रिसर्च फेसिलिटीमा सबैभन्दा पहिले यो भ्याक्सिन दुइ बच्चाको आमा ४३ वर्षिया जेनिफर नामको महिलालाई लगाइएको थियो । पहिलो परीक्षणमा १८ देखि ५५ वर्षका ४५ सहभागी समावेश थिए ।

भ्याक्सिनकै कारण कम्पनी मोर्डनाको शेयरमा भारी परिवर्तन देखिएको छ । उसको फेब्रुअरीपछि तीनगुणा बढि मूल्य बढेकाे छ । बजार उत्तिकै तातेको छ । एजेन्सीको सहयोगमा

Facebook Comments