भरतपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यू, १ जना घाइते

सप्तरी । बस र मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ, भने १ जना घाइते भएकी छन् ।

हिजो साँझ ५ बजे चितवनको भरतपुर महानगरपालिका-२० नयाँबजारमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यू भएको मृत्यु हुनुको साथै १ जना घाइते भएकी हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा मोटरसाइकल चालक भरतपुर-११ का २७ वर्षीय मञ्जिल पौडेल रहेको छ भने, घाइते हुनेमा पछाडी सवार सोही ठाउँकी २३ वर्षीया पार्वती अधिकारी रहेकी छन् ।

ना ३ ख ८३६० नम्बरको बस र ना ४९ प ६६४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।

Facebook Comments