काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
आज विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको हो ।
केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएका छन् ।
उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए ।
Facebook Comments