सानु शिवाको ठाउँमा जानकीदेवी राम सांसद बन्ने

काठमाडौं । नेकपा एमालेले सिराहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सानु शिवाको मृत्यु भएपछि उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको जानकारी दिए ।

सांसद सानु शिवाको २८ असोज २०७७ मा मृत्यु भएको थियो ।

समानुपातिक पद्धतितर्फको बन्द सूचीमा दलित महिलातर्फ धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा ३० (१) बमोजिम उनको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशनमा उल्लेख गरेका छन् ।

धनकुमारीले पार्टी छडेकाले सानु शिवाको स्थानमा जानकीदेवी रामलाई निर्वाचित गर्न लेखी पठाएको ओलीले उल्लेख गरेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.