१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

काठमाडौं । धनुषामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा बस्ने ४२ वर्षीय सत्यनारायण यादवलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सत्यनारायणले ती बालिकालाई शनिवार दिउँसो ललाई फकाई बालिकाको घर नजिक आँप बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments