शंकरको फिल्ममा कियारा

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहसँग अहिले धेरै राम्रा प्रोजेक्ट छन्। उनी दक्षिण भारतीय निर्देशक शंकरसँग‘अन्नियन’ को हिन्दी रिमेकमा काम गर्दैछन्। यही फिल्ममा ‘कविर सिंह’ की अभिनेत्री कियारा आडवाणी पनि खेल्दै छिन्। निर्देशक शंकर अहिलेसाउथ सुपरस्टार राम चरणको आगामी फिल्ममा व्यस्त छन्।

शंकरले २००५ मा रिलिज भएको सुपरहिट फिल्म ‘अन्नियन’ को हिन्दी रिमेक गर्न रणवीरसँग छलफल गरेका छन्। फिल्ममा एउटा वकिलको कथा छ जो मल्टिपल पर्सन्यालिटी डिसअर्डर पीडित छन्। शंकर लामो समयदेखि रणवीरलाई यो प्रोजेक्टमा सामेल गराउने कोसिसमा थिए।

यो फिल्मबाट शंकर २०वर्षपछि बलिउड फिल्ममा कमब्याक गर्दै छन्। यसअघि अनिल कपुर अभिनीत ‘नायक’ उनले निर्देशन गरेका थिए। कियारा भने फिल्म ‘शेरशाह’ मा सिद्धार्थसँगदेखिँदै छिन्। यसका साथै उनी फिल्म भूलभुलैया–२ र जुगजुग जियोमा पनि देखिनेछन्।

Facebook Comments