होलीमा प्रहरीको यस्तो कडाई, ९० ठाउँमा ट्राफिकको चेक प्वाइन्ट


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ । होलीमा लापरवाही गरेर सवारी चलाउने गतिविधि रोक्न काठमाडौं उपत्यकाका ९० ठाउँमा चेक प्वाइन्ट राखिएको ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा होली मनाउँदा दुर्घटना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

८५ देखी ९० वटा चेक प्वाइन्टमा बिहानैदेखि मापसे परीक्षण शुरु गरिएको एसपी अधिकारीले बताएका छन् । जबर्जस्ती रंग दल्ने र लोला फाल्नेलाई प्रहरीले पक्राउ गर्नेगरी महानगरीय प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।

होली खेल्ने कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन

होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले रातोपाटीलाई बताए ।

‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले रातोपाटीसँग भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

५ हजार प्रहरी परिचालन गरिने

यता, भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ ।’

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167