प्रचण्डले दिए सरकार ढाल्ने चेतावनी


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले अब राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकतालाई बचाउन समर्थन फिर्ता लिने प्रष्ट पारेका हुन् ।

‘नैतिक र राजनीतिक ढंगले अब म धेरै दिन पर्खिन सक्दिन’, प्रचण्डले भने, ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई समर्थन गर्न सक्दिन । चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्नेछ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

खुट्टा कमाएर भाग्नुपर्ने अवस्था अझै आएको छैन : माधवकुमार नेपाल
प्रचण्डले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगामी र असंवैधानिक भन्ने राजनीतिक दलबीच एउटा सहमति गरेर समर्थन फिर्ता लिने तयारी गरेकाले ढिलो भएको समेत स्वीकार गरेका छन् ।

‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगैहोस् भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक दुई दिन रोकेको हो’, प्रचण्डले भने, ‘मेरो सिधा भाषा यही हो ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि आफूहरुले ब्याटल जितेको अनुभव गरेर गल्ती गरेकोसमेत प्रचण्डले स्वीकार गरेका छन् । पुनस्र्थापना भए लगत्तै दोस्रो योजना बनाएर गम्भीर ढंगले लाग्न नसक्दा यो अवस्था आएको उनको भनाइ छ ।

‘संसद पुनस्र्थापना हुँदा हामीले दोस्रो ब्याटल जितेको अनुभूत गर्यौँ । संसद पुनस्र्थापनापछि प्रधानमन्त्रीले राजीनामा दिने अनुभूति गरेर बस्यौँ’, उनले भने, ‘संसद पुनस्र्थापनापछि हामीले थोरै रिल्याक्स गर्यौँ र दोस्रो योजनामा गम्भीर बनेनौँ । रिल्याक्स नै गल्ती भयो ।’

उनले एकपछि अर्को तयारी नगरेर आफूहरु चुकेको स्वीकार गरे । सोचेजस्तो नभएको उनको भनाइ छ । सर्वोच्च अदालतलको निर्णलाई स्वीकार गरे पनि आफूहरु पार्टीका विषयमा भएको निर्णयप्रति सन्तुष्ट नरहेको उनको भनाइ छ । सर्वोच्चले भनेको मान्ने पर्ने भए पनि असहमतिका साथ मानेको भन्दै उनले पुनरावलोकनमा जाने बताए ।

प्रचण्डले केही साथीले सडकमा भएका बेला सरकारलाई दिएको समर्थन जबरजस्त फिर्ता नलिन सुझाव दिएकाले मात्र अहिलेसम्म रोकेको बताए । उनले कसले समर्थन फिर्ता नगर्न दबाब दिएको थियो भन्ने कुरा भने खुलाएनन् ।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167