काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।
चन्द नेकपाका मेची-कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेको लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यता प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियारसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको छ ।
सरकार र चन्दबीच भएको तीन बुँदे सहमतिपछि आफ्ना नेता-गिरफ्तार हुनुले सहमतिप्रति सरकारको इमान्दारितामाथि प्रश्न उठेको प्रकाशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहमतिअनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता गिरफ्तार हुनुले सरकारको नियमप्रति शंका गर्ने अवस्था पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments