नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ४५ जना मात्रै उपस्थित

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । कलंकीको एक बैंक्वटमा जारी बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएका छन् । नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षका नेताहरुको भनाई छ ।

बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११ बजेका लागि बैठक बोलाइएको बैठक १२ बजेबाट बैठक सुरु भएको हो । पार्टीले सोधेको प्रष्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो ।

आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लगाउने छ । यद्यपी नेपाल पक्षका केही नेताहरुले दलको बैठकमा सहभागी हुने बताउँदै आएका छन् ।

Facebook Comments