काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ। रविभवनस्थित मोगा बैंक्वेटमा जारी उक्त बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने सो समूहका एक नेताले जानकारी दिए ।
सर्वोच्च अदालतको फैसलाछि ब्यूँतिएको नेकपा एमालेमा ओलीले एकलौटी ढङ्गले बैठकहरू डाकेको र विधान विपरीतका निर्णयहरू गरिरहेको नेपाल पक्षको आरोप छ। बैठकले ओलीलाई विधान विपरीतका कार्य रोक्न अनुरोध गर्ने, नभए त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरिने एक नेताले बताए ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।यसैबिच, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन्।
Facebook Comments