बिजनेश नपाएपछि प्रतिनिधिसभा बैठक चैत्र १८ गतेसम्म स्थगित

काठमाडाैं । बिजनेश नपाएपछि प्रतिनिधिसभा बैठक ८ दिनका लागि स्थगित भएको छ ।

विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनका लागि सरकारले बिजनेश दिन नसकेपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक चैत्र १८ गते बुधवारसम्मका लागि स्थगित गरेका हुन् ।

मंगलवारका लागि प्रतिवेदन टेबल गर्ने सामान्य कार्यसूची थिए । बैठकको शून्य समयमा सांसदहरूले बैठकलाई बिजनेश दिन सरकारको ध्यानाकर्षण गराए । फागुन २३ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको मंगलवारसम्म ५ वटा बैठक बसेका छन् ।

काग्रेस सांसद गगन थापाले सरकारले संसदलाई बिजनेश नदिएकोमा आपत्ति जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन खोजेको आरोप सांसद थापाले लगाए ।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले बिजनेश नदिएर संसदलाई गतिहीन बनाउन खोजेको आरोप लगाए ।

Facebook Comments