दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतको आदेश

काठमाडौं । ४० वर्षपछि भारतबाट जेलमुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना ‘दीपक जैसी तिम्सिना’ को परिवारले क्षतिपूर्ति मागेको खण्डमा दिन कलकत्ता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ।

कलकत्ताको उच्च अदालतले सोमबार तिम्सिनाको मुद्दामाथि फैसला गर्दै उनको परिवारले क्षतिपूर्ति मागे कानुनबमोजिम क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको हो।

भारतमा दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हका अनुसार क्षतिपूर्ति माग गरिएको अवस्थामा कति दिइन्छ भन्ने सन्दर्भमा अहिले नै केही भन्न भने सकिदैन।

हत्या आरोपमा ४० वर्षअघि पक्राउ परेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन् ।इलामका दुर्गाप्रसादका लागि पाँच भारतीय नागरिकले मुद्धा लडेका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.