घर तलासी गर्दा पेस्तोल फेला, एक जना पक्राउ

काठमाडौं । धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

गणेशमानचारनाथ नगरपालिका-९ जयनगर बस्ने ३२ वर्षीय प्रमोद कुमार यादवलाई पेस्तोल १ थानसहित आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कपडाले बेरी लुकाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments