अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाखभन्दा बढी

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३९ हजार ५०५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख २१ हजार ७७४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २७ लाख ५४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख १२ हजार २०८ जनामध्ये ८ हजार ६४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोनाले मृत्यु संख्या ५ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४५५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५५ हजार ३१४ पुगेको छ ।

Facebook Comments