के पैसाबाट काेराेना भाइरस सर्न सक्छ!

एजेन्सी । पैसाबाट समेत कोरोना भाइरसको सङ्क्रमण सर्ने खतरा भएकोले सजगता अपनाउन विश्व स्वास्थ्य संगठन डब्लुएचओले आग्रह गरेको छ। यसअघि देखिएका विभिन्न सङ्क्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले ख्याल गर्न संगठनले आग्रह गरेको हो।

डाक्टरहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिव दुई हप्तासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्। यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना धेरै भएको पुष्टि गरिसकेको छ।

पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनले प्रमाणित गरिसकेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.