आजको मौसम : उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार बेलुकी पहाडी भेगका केही ठाउँमा मेघ गर्जन, चट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

अहिले देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदली भएको छ। विशेष गरी पहाडी भेगका धेरै जसो स्थानमा बिहानैदेखि मौसम बदली भएको मौसमविद् कँडेलले जानकारी दिइन्।

बेलुकी काठमाडौं उपत्यकाका पनि पानी पर्ने सम्भावना छ। आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलब ८ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.