काठमाडाैँ । अहिले नै समर्थन फिर्ता लिइसकेको ‘कन्फर्म’ भइनसकेको र भएपछि आवश्यक कदम चालिने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन्।
काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको कर्णाली प्रदेशको संसदीय दलको बैठकले त्यहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिएको ‘कन्फर्म’ भएपछि आवश्यक कदम चालिने बताएका छन्।
अहिले नै समर्थन फिर्ता लिएको भन्ने ‘कन्फर्म’ भइनसकेको उनले बताए। “कन्फर्म हुन अहिले बाँकी छ, हेरौं न के रहेछ,” उनले भने, “त्यहाँका एकजना मन्त्री प्रकाश ज्वालाले प्रेस स्टेटमेन्ट जारी गरेर बैठकको निर्णय अस्वीकार गर्नुभएको छ।”
कर्णाली प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्। मुख्यमन्त्री शाहीविरुद्ध यसअघि नै त्यहाँको प्रदेश संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी ओली पक्षका सांसदहरूको थियो।
तर आज एमाले संसदीय दलका नेता तथा ओली पक्षका सांसद यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको छ।
नेता कँडेलले तीन वर्षमा प्रदेश सरकारले निराशाजनक काम गरेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि समर्थन फिर्ता लिनुपरेको स्पष्ट पारेका छन्।
यता प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ओलीपक्षको १० जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार बहुमतमै रहेको दावी गरिन्।
Facebook Comments