काठमाडौं । सन्ध्या तिवारीले आफ्नो नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएकी छन् । तिवारी नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न आयोगमा सोमबार निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पत्र अनुसार आयोगको बैठक बसेर नाम परिवर्तनको निर्णय गर्नेछ ।
नेकपा नाम विवादमा सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गर्न निवेदन दिएको हो ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको र सोही अनुसार नाम परिवर्तन गरिदिन आयोगमा दिएको निवेदनमा उल्लेख छ ।
तिवारीको पार्टीले परिवर्तित नाम जनताको जनवादी पार्टी (जजपा) राख्ने गरि निर्णय भएको सो पार्टीले जनाएको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा आयोगमा दर्ता भएपछि तिवारीको नेतृत्वमा एमाले दर्ता भएको थियो । सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो ।
Facebook Comments