Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर एमाले वा माओवादीबाट अर्काे नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने वा ओलीको सम्मानजनक निकासका लागि केही समय उनलाई नै निरन्तरता दिन सकिने विषयमा समेत नेताहरुले छलफल थालेका छन्।
यो विकल्पमा छलफल गर्नका लागि एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न चाहिरहेको छ । तर, संवादको पहल कसले थाल्ने ? दुवै पक्ष अर्काे पक्षले वार्ताको पहल गरोस भन्ने चाहान्छन् ।
केही समय यही विकल्पका सम्बन्धमा ओली समूहसँग छलफल गर्नका लागि नै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् । वाम गठबन्धन निर्माणको प्रयास प्रधानमन्त्री ओलीको साथ र समर्थनमा मात्रै सम्भव हुने भएकाले सरकारलाई दिइएको समर्थन फिर्ता लिन ढिलाइ गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।
माओवादी नेता भन्छन्, ‘तत्काल पार्टी एकता सम्भव नभए पनि एमाले र माओवादी केन्द्रको संयुक्त सरकारको बारेमा छलफल गर्न केही समय लिएका हौ ।’ तर, ओलीको वार्ता सकारात्मक रुपमा अगाडि नबढेमा कांग्रेस र समाजवादीसँग मिलेर सरकार बनाउन ओलीलाई दिएको विश्वासको मत फिर्ता लिने विषयमा समेत माओवादी केन्द्रभित्र गृहकार्य भइरहेको छ ।
उता बुधबार नेकपा एमालेको माधव नेपाल समूहको बैठकले पनि वामपन्थीको सरकार निर्माणमा नै जोड दिएको छ । बुधबार साँझ हिमालय टेलिभिजनसँग कुराकानी गर्दै एमाले नेता योगेश भट्टराईले माओवादी वा अन्य दलबाट नभइ एमालेबाटै अर्काे प्रधानमन्त्री बन्न सक्ने उल्लेख गरे ।




Facebook Comments