डेढ लाख घुससहित अधिकृत पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृतलाई डेढ लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको अख्तियाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार पक्राउ परेका उनीहरुले डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएका थिए ।

बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments