माधव नेपालकाे निर्णयले ओली खुसी, प्रचण्ड दु:खी

काठमाडौँ । माधवकुमार नेपाल समूह पुष्पकमल दाहाल समूहसँग अलग हुँदै सर्वाेच्च अदालतको आदेशविरुद्ध संयुक्त संघर्ष गर्ने तयारी गरेका छन् । सर्वाेच्च अदालतको निर्णयअनुरुप नेपाल समूह एमालेमै रहेर केपी शर्मा ओलीसँग संघर्ष गर्न लागेको हो ।

दाहाल–नेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको बैठकले सर्वाेच्चको फैसला कार्यान्वयन गर्दै दुई धारबाट अघि बढ्ने निर्णय लागेको एक नेताले बताए ।
बैठकमा सहभागी ति नेताका अनुसार बैठकको निर्णय डाफ्ट हुँदै छ । अहिले अन्तिम चरणको छलफल चलिरहेको छ ।

त्यस्तै सर्वाेच्चको फैसलाविरुद्ध पुनरावेदन जाने सहमति दाहाल–नेपाल समूहले गरेको छ । अब माधवकुमार नेपाल समूहले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नेछ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा एमालेका नेताहरु बैठकबीचमै छोडेर निस्केका थिए । उनीहरु आफ्नो भनाइ राख्दै बाहिरिँदै गरे ।

Facebook Comments