बैतडी । बैतडीमा तीन महिने छोराको हत्या गर्ने बुबालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका ७ खनाडीका राजबहादुर चन्द रहेका छन् । उनले तीन महिनाका छोरा लक्ष्मणको कुटपिट गरी हत्या गरेको खुलेको छ ।
४४ वर्षीय राजबहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले सुतिरहेका छोराको टाउकोमा हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । छोरालाई किन मारे भन्ने कुरा खुल्न नसकेको अधिकारीले बताए ।
घटनापछि राजबहादुरले ७० वर्षीय बुवा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका थिए । उनको बुवाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भाइलाई सामान्य चोट लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments