लागूऔषधसहित २२ वर्षीय युवक पक्राउ

काभ्रेपलान्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेले काठमाडौँतर्फ आउदै गरेका युवकलाई लागूऔषध सहित पक्राउ गरेको छ।

बुधबार दिउँसो करिब साढे चार बजेतिर सवारी चेकजाँचका क्रममा खटिएको प्रहरीटोलीले जिल्ला सप्तरी सुरुङ्गा न पा वडा नं- १० बस्ने  २२ बर्षीय धर्मेन्द्र कुमार रामलाई लागूऔषध डाइजेपाम -२५० एम्पुल, ब्रुफिन-२४० एम्पुल, फेनार्गन-२५५ एम्पुल सहित पक्राउ गरेको हो ।

उनी झापाबाट काठमाडौँतर्फ आउदै गरेको बा.४ख.२२६७ नं. को हायस गाडीमा यात्रा गरिरहेका थिए । यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments