५० हजार घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बलका दुईजना अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियार कार्यालय बुटवलको टोलीले उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएको आरोपमा सशस्त्रका दुईजना अधिकृतलाई पक्राउ गरेको हो  ।

अख्तियारको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प गैडहवा–३ रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पाशीलाई टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियारले उनीहरुलाई रुपन्देहीको गैडहवा गाउँपालिका–३ बाट पक्राउ गरेको हो। काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट उनीहरुले घुस लिएका थिए।

Facebook Comments