नवलपरासी । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्क्याएको बताएका छन् ।नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसले गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले न्यायलयलाई धम्क्याएको भन्दै टोले गुण्डाको संज्ञा दिएका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले विराटनगरमा गरेको सभामार्फत प्रधानमन्त्री ओलीले न्यायलयलाई धम्क्याएको नेता थापाको भनाइ थियो ।
‘प्रधानमन्त्रीले हिजो विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नुभयो । केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ थापाले भने, ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् ।’
Facebook Comments