धनगढी । १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेको छ।
भागरथी मृत भेटिएको १३ औँ र बेपत्ता भएको १४ औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको पुष्टि गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताएका छन्।
उनले बयानका क्रममा अपराध स्वीकार गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक सिंह बताउँछन्। भट्ट थरका ती युवक भागरथीकै छिमेकी र नातेदार रहेको खुलेको छ।
भागरथी अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्।
Facebook Comments