४ केजी गाँजासहित २ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का तेजबहादुर राई र अटो चालक पदमबहादुर राई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई भारतर्फ गाँजा सप्लाई गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ४ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Facebook Comments