भागरथी हत्या प्रकरणः अनुसन्धान शुष्म र तीव्र बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्याको अनुसन्धान तीव्र बनाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका हुन् ।

‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद् र गम्भीर रूपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।’

महिलाउपर हिंसा र बलात्कार अनि हत्याका घटना बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकारसमक्ष कांग्रेसले माग गरेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.