आन्दोलनमा होमिनुको कुनै विकल्प छैनः प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले आन्दोलनमा होमिनुको कुनै विकल्प नभएकाे निष्कर्ष निकालेकाे छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्षद्व प्रचण्ड र नेपालले ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने बताएका छन् ।

यस्तै जारी जारी विज्ञप्तिमा भनिएकाे छ ‘पछिल्लो राजनीतिक घटनाक्रमले संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भयाे’ ।

Facebook Comments