संसद विघटन: प्रधानमन्त्रीका तर्फबाट बहस सकियो, सभामुखका तर्फबाट बहस सुरु

काठमाडौं । संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका एक दर्जनभन्दा बढी रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ ।

गत माघ १९ गतेबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए ।

प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानून व्यवासायीहरु पंकज कर्ण, बाबुराम दाहाल, धर्मराज रेग्मी, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानून ब्यवसायीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरेका थिए ।

प्रधानमन्त्रीका तर्फका वकिलहरुको बहस सकिएलगत्तै सभामुख अग्नि सापकाेटाका तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ ।

सभामुख सापाकोटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस सुरु गरेका थिए । संसद विघटन विरुद्धको मुद्दामा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको छ ।

सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसविरूद्ध सर्वाेच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् । तिनै रिटमाथि माघ ४ गतेबाट सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेकाे छ ।

Facebook Comments