संवैधानिक इजलासमा बहस : निजी वकिलहरू पनि सरकारी वकिलकै लयमा, एउटै तर्क दोहोर्‍याउँदै

काठमाडौं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले प्रतिनिधिसमा विघटन गरेपछि त्यसकाे विरूद्धमा परेका एक दर्जनभन्दा बढी रिटमा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बहस जारी छ ।

साेमबारकाे बहसमा अधिवक्ता सिपि रेग्मीले प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँने बताएका जिकिर गरेका छन् । प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा आज बहस गर्दै उनले प्रतिनिधसभा विघटनको प्रधानमन्त्रीमा रहेको बताएका हुन् ।

न्यायाधीस तेज वहादुर केसीले संविधानको ब्याख्या गर्दा, सविधान निर्माताको मनसाय पो हेर्ने हो होइन भनेर गरेको प्रश्नमा उनले यस्तो जिकिर गरेका हुन् ।

प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलहरूले बहस थालेका छन् । हिजो महान्यायाधिवक्तासहित १० सरकारी वकिलले बहस सकेपछि प्रतिनिधसभा विघटनको पक्षमा बहस गर्न सरकारका पक्षबाट निजी कानुन व्यवसायीले बहस थालेका हुन् । विघटनको पक्षमा सरकारका तर्फबाट डेढसय बढी निजी वकिलले बहस गर्नेछन् ।

निजी वकिलले सरकारी वकिलजस्तै एउटै तर्क दाेहाेर्याइरहेका छन् । उनीहरुले संविधान भन्दा पनि संसदीय शासन व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार रहने जिकिर गरिरहेका छन्।

अधिवक्ता महेश नेपालले संसदीय सिद्धान्तले विघटन मानेको र संविधानकफ धारा ७४ ले स्वीकार गरेकाले विघटनको प्रश्नमा प्रधानमन्त्रीलाई प्रष्ट अधिकार भएको बताए ।

उनको तर्क सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उनले गरेका तर्क धेरै पटक आइसकेको भन्दै नयाँ कुरा भन्न भनेका थिए। जबराले भने : यी कुरा धैरैपटक आइसक्यो। नयाँ भन्नुस् । नभए छोट्याउनुस्।

आइतबार पनि प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीका निजी वकिल रमेश बडालको तर्कमा नयाँपन नदेखिएको न्यायाधीशहरुले बताएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.