प्रचण्ड–नेपाल समूहको आमहड्तालः ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर, १५७ जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आमहड्तालले देशभरको जनजीवन प्रभावित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्ताल उलंघन गर्ने १५ वटा सवारी साधनमा तोडफोड भएको छ । भने एउटा ट्याक्सी जलाइएको छ ।

बिहीबार बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले राजधानीको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए ।

काठमाडौंसँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले सरकारीसहित १५ वटा सवारीमा तोडफोड गरेको प्रहरी मुख्यालयले जनाएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका १५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं भित्रिने मुख्य नाकामा भने प्रदर्शनकारीले सवारी आवागमनलाई अवरोध गरेका थिए। नागढुंगा, कोटेश्वर, चावहिल, बालाजु बाईपास, गोंगबु, कलंकीलगायतका स्थानमा प्रदर्शनकारीको घुँइचो थियो । बन्द सफल पार्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्षद्वय प्रचण्ड, नेपाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु सडकमा उत्रिएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.