बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको जानकी गाउपालिका–२ नेवाजी गाउँ बस्ने ५१ वर्षका मातादिन कादु र खजुरा गाउपालिका–२ उदरापुर बस्ने २१ वर्षकी विना कुमारी खटिक रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम रानाले बताए ।
एसपी रानाका अनुसार फरार रहेका दुवै प्रतिवादीलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका कादुलाई जिल्ला अदालत बाँकेले चोरी मुद्दामा १ वर्ष ११ महिना ३ दिन कैद र २० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
यस्तै खटिकलाई जिल्ला अदालत बाँकेले बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैदको फैसला गरेको थियो । पक्राउ परेका दुवैजना प्रतिवादीलाई सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments