तीन करोड ठगी आरोपमा न्याय परिषद् सदस्यका छोरा पक्राउ

काठमाडौं । न्याय परिषद्का सदस्यका छोरा नै ठगी मुद्दामा पक्राउ परेका छ । न्याय परिषद्का सदस्य रहेका लक्ष्मी प्रसाद निराला खड्का छोरा शिरिष खड्कालाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो ।

जग्गा बिक्रिको नाममा उनले ठगी गरेको प्रहरीले जनाएको छ । उनी सञ्चालक रहेको ओलम्पिया वल्र्ड स्कुलको कोटेश्वरमा रहेको जग्गा एउटासँग बैना लिएर अर्कैलाई बिक्रि गरेका थिए ।

बैना लिएको दुई करोड ७५ लाख रुपैयाँ पनि फिर्ता दिन नमानेपछि केस प्रहरीमा पुगेको हो । प्रहरीमा जाहेरी दर्ता भएर पक्राउ पूर्जी जारी भएपछि शिरिषले बुबामार्फत न्यायपरिषद्को पावर लगाएर रोक्ने प्रयास गरेका थिए । न्यायपरिषद्कै आडमा करिब तीन करोड पचाउने प्रयास गरेका अन्ततः उनी प्रहरी हिरासतमा पुगेका छन् ।

Facebook Comments