२ घण्टा ३५ मिनेट लामो वाचन, के छ त सरकारको नीति तथा कार्यक्रममा?(हेर्नुहोस् पूर्णपाठ)

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा  केन्द्रित हुने बताएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा शुरू भएको नीति तथा कार्यक्रम वाचन साँझ ६ बजेर ५० मिनेटमा सकिएको थियो ।

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले २ घण्टा ३५ मिनेट लगाएर वाचन गरेको कार्यक्रममा कोभिड– १९ ले पारेको असर र यसका लागि सरकारले चाल्ने नीति समेटिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

Facebook Comments