केपी ओली असली एमाले हाेइनन्, प्रतिगमनका प्रतिक हुन् : माधव नेपाल

Madhav Kumar Nepal photo:Kiran Panday

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली ‘ओरिजिनल’ एमाले नभएकाे बताएका छन् । साथै उनले आफू नै ‘ओरिजिनल’ एमाले भएको दावी गरेका छन् ।

मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए ।

माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अव कोही छैन एमाले र माओवादी । सबै एक भैसकेको छ, नेकपा भैसकेको छ’, उनले भने । अध्यक्ष नेपालले प्रचण्ड र आफूबीचको सम्बन्ध ४० बर्षदेखिको विश्वासको जगमा अडिएको पनि बताए ।

उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।