काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले एटिएम मेसिन फोड्दै गरेका २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका–५ स्थायी घर भएका हाल माछापोखरी बस्दै आएका कमल बहादुर धानुक र शुरेस धानुक रहेका छन् ।
नागार्जुन नगरपालिका–३ ठूलो भर्याङमा रहेको एनआईसी एसिया बैंकको एटिएम मेसिन फोड्दै गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार बिहान २ः१५ मा एटिएम मेसिन फोड्दै गर्दा नियमित गस्तीमा रहेका प्रहरीको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए ।
प्रहरीले उनीहरुको साथबाट मेसिन फोर्न प्रयोग भएका पाइप रेन्ची एक थान, हतौडा एक थान बरामद गरेको छ । पक्राउ पर्ने दुई जना दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
Facebook Comments