दम्पति मृत फेला

काठमाडौं । ललितपुरमा एक दम्पति मृत फेला परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बस्ने सप्तरीको राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीय निर्मला पोखरेल भाडामा बस्दै आएको  फ्ल्याटभित्रै मृत फेला परेका हुन् ।

दम्पति मृत भेटिएको कोठामा सल्फास नामक विषादीको बट्टा समेत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० किरण बब्राचार्यले जानकारी दिइन् । घटनास्थलको प्रकृति हेर्दा आत्महत्या जस्तो दुखिए पनि प्रहरीले अन्य कोणबाट समेत अनुसन्धान गरिरहेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

मृत भेटिएका सागर भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए । उनले गत फागुनमा निर्मलासँग विवाह गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments