राष्ट्रपति भणडारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितलनिवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीकाे भेटवार्तामा भएको कुराकानीबारे भने केही बाहिरिएकाे छैन् ।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् ।

सरकारकाे सिफारिसमा राष्ट्रपति भणडारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्रीकाे कदम असंवैधानिक भएकाे भन्दै यसकाे चर्काे विराेध भइरहेकाे छ । संसद घिङटनविरूद्ध परेका रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेकाे छ ।

Facebook Comments