प्रतिगमनका लागि मिडिया सेटिङ सबैभन्दा खतरनाक : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिगमनका लागि मुलुकमा सबैतिर ‘सेटिङ’ भइरहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने पनि बताएका छन् ।

‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र इ।

हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र टीआरसी पूरा हुन नदिने को हुन् चिनौं।’

Facebook Comments