दलका प्रतिनिधिसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनकाे तयारीबारे आज सर्वदलीय छलफल गर्दै छ । वैशाखमा हुने मध्यावधि निर्वाचनका बिषयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित कार्यालयमा आयोगले बोलाएको छ ।

आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनकाे घाेषणा भएकाे छ । आयोगले मध्यावधि निर्वाचनकाे तयारीलाई तिब्र बनाएकाे छ।

यता संसद विघटनबिरूद्ध परेका मुद्दा सर्वाेच्चमा विचारधिन छन् । संसद पुनर्स्थापनाकाे माग गर्दै सर्वाेच्च अदालतमा परेका रिटहरूकाे आजबाट निरन्तर सुनुवाइ हुँदैछ ।

Facebook Comments