काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ । त्यसैगरी आइतबार चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Facebook Comments