काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका एक जनाको अवस्था गम्भीर छ । अन्य ५१ जनामा साइडइफेक्ट देखिएको छ । तर, उनीहरूकाे अवस्था गम्भीर नरहेकाे बताइएकाे छ।
दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।
पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो ।
स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
Facebook Comments